काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुल्नेबित्तिकै ईसेवाको टिकटिङ प्रणालीमा समस्या देखिएको भन्दै दर्शकले असन्तुष्टि जनाएका छन्।
शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि बिक्री सुरु भएको केही सेकेन्डमै टिकट ‘अनअभेलेबल’ र ‘सोल्ड आउट’ देखिएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेको छ। कतिपयले एक सेकेन्डमै टिकट सकिएको र टिकट खरिद गर्न खोज्दा ‘अनअभेलेबल’ देखिएको बताएका छन्।
केही दर्शकले टिकट बिक्री प्रक्रियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले टिकट बिक्रीको भुक्तानी विवरण जाँच गरे वास्तविक खरिदकर्ताको अवस्था स्पष्ट हुने भन्दै प्रणालीमा आएको समस्याबारे जवाफ मागेका छन्।
बिक्री सुरु भएको केही सेकेन्डमै टिकट सकिएको देखिएपछि फाइनलको टिकट वास्तवमै बिक्री भएर सकिएको हो वा प्राविधिक समस्याका कारण यस्तो भएको हो भन्ने प्रश्न उठेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
Next Article इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर


NPL Special
NPL Special
NPL Special
NPL Special