काठमाडौं, बागमती प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ।
मुख्यमन्त्री किरण थापामगरले ललितपुरमा आयोजित समन्वय बैठकमा प्रभावित क्षेत्रका सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा अन्य संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने बताए।
विपद् कोषमा रहेको १० करोड पाँच लाख रुपैयाँले मात्र आवश्यक खर्च धान्न नसक्ने भएपछि प्रदेश सरकारले कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरेको उनले जानकारी दिए। प्रभावित नागरिकको जीविकोपार्जनलाई समेत प्राथमिकता दिइने उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ६ अर्ब परिचालन गर्ने बागमतीको तयारी
Previous Article‘कक्रोच’ आन्दोलनका नेता सौरभलाई लन्डन जान रोक
Next Article चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री


NPL Special
NPL Special
NPL Special
NPL Special