काठमाडौं, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।
मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो।
आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र प्रक्रिया अन्तिम समयमा रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो। उजुरीकर्ताले यसबाट राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा ढिलाइ हुने दाबी गरेका छन्।
आयोजनाले बाँध, विद्युत्गृह र सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिए पनि आर्थिक प्रस्ताव खोल्नुअघि कात्तिक दोस्रो साता बोलपत्र रद्द गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सुनकोसी-मरिणको ठेक्का रद्दबारे लेखा समितिले माग्यो कागजात
Previous Articleचिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री


NPL Special
NPL Special
NPL Special
NPL Special