रसुवा, भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुबेँसीमा अस्थायी संरचनाबाट स्वास्थ्य चौकी सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले गोसाइँकुण्ड गाउँपालिका–५ मा निर्माण गरिएको अस्थायी स्वास्थ्य चौकी हस्तान्तरण गरेका हुन्।
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि प्रदेश सरकारले रसुवा र नुवाकोटमा ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ। सेभ द चिल्ड्रेनको सहयोगमा तीन शय्याको स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special