काठमाडौं, म्यान्मारको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको छ। विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमका अनुसार नोभेम्बर २६ र २८ मा भएका आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन्।
शान र रखाइन राज्य तथा म्याग्वे क्षेत्रमा भएका आक्रमणमा सर्वसाधारण, शिक्षक र बालबालिकासमेत मारिएका हुन्। सैनिक समर्थित सरकारले घटनाबारे प्रतिक्रिया दिएको छैन। सन् २०२१ मा निर्वाचित सरकार अपदस्थ भएपछि म्यान्मारमा सैन्य द्वन्द्व जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special