काठमाडौं, काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सुदृढ बनाउन कीर्तिपुर नगरपालिका-६ स्थित चोभार सबस्टेसन सञ्चालनमा आएको छ। ४५ एमभिए क्षमताका दुई ट्रान्सफर्मर जडान गरिएको सबस्टेसनबाट कीर्तिपुर र आसपासका क्षेत्र तथा ललितपुरको पुल्चोक क्षेत्रमा विद्युत् वितरण सुरु गरिएको छ। यहाँबाट ११ केभीका नौ फिडरमार्फत विद्युत् आपूर्ति हुनेछ। सबस्टेसन सञ्चालनले स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनको विद्युत् भार घटाउन सहयोग पुग्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special