काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। केही दिनभित्रै लगानीसँग सम्बन्धित केही कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताएका छन्।
काठमाडौँ क्षेत्र नं ६ मा आयोजित मतदाता भेटघाटमा उनले कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण बनाउन कठिन हुने बताए। उद्योग व्यवसाय विस्तार भए मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनको भनाइ थियो।
यसैगरी, उनले प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भइनसकेको बताएका छन्। भारत भ्रमणपछि चीन भ्रमण हुने चर्चा भए पनि त्यसको टुङ्गो नलागेको उनले स्पष्ट पारे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special