काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमितिसँगको समन्वयमा अधिवेशनको मिति तय गरिएको समितिका सदस्य-सचिव राजु कटुवालले जानकारी दिए । निर्धारित कार्य तालिकाअनुसार हिमाली तथा पहाडी जिल्लाको अधिवेशन मङ्सिर २४ देखि २७ गतेसम्म हुनेछ । अन्य जिल्लाको अधिवेशन पुस ४ र ५ गतेका लागि तय गरिएको छ ।
यसैगरी, सातवटै प्रदेशको अधिवेशन पुस १० देखि १८ गतेभित्र सम्पन्न गरिने कटुवालले बताए । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गरी महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भइसकेको छ ।
बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सम्बन्धित स्थानमा खटिएका निर्वाचन अधिकृतलाई सम्बन्धित तहका सभापतिसँग परामर्श गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न केन्द्रीय निर्वाचन समितिले अनुरोध गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक
Previous Articleकाठमाडौँका स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special