काठमाडौं, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बालबालिकामा खोपको पहुँच घट्दा विश्वभर दादुरा पुनः फैलिने जोखिम बढेको जनाएको छ। डब्लुएचओको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर दादुराका कारण करिब ७२ हजार जनाको मृत्यु भएको थियो। यो सङ्ख्या सन् २००० को तुलनामा ९१ प्रतिशतले कम हो। तर गत वर्ष विश्वभर करिब एक करोड मानिस दादुराबाट सङ्क्रमित भएका थिए। यसले रोग नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि चुनौती कायम रहेको देखाएको छ।
गत वर्ष विश्वभर ८४ प्रतिशत बालबालिकाले मात्र खोपको पहिलो मात्रा र ७७ प्रतिशतले दोस्रो मात्रा लगाएका थिए। दादुराको प्रकोप रोक्न दुवै मात्रा लगाउने दर कम्तीमा ९५ प्रतिशत हुनुपर्ने डब्लुएचओले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचाडपर्व मनाएर रोजगारीका लागि भारत फर्किंदै सुदूरपश्चिमेली


NPL Special
NPL Special
NPL Special
NPL Special