बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो ।
उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको उल्लेख छ ।
चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको छ । बाढीका कारण उत्तरी गोरखाको तीन वटा हाइड्रोपावर आयोजनामासमेत क्षति पुगेको छ ।


