नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले प्रतिवेदन पारित गरेपछि मात्र बन्दसत्र सुरू गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, विधान संशोधन र आर्थिक प्रतिवेदन पेस हुनेछ। बन्दसत्रपछि नयाँ केन्द्रीय कार्यसमिति चयनको मुख्य निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
आज साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने मंगलबार उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ ।


