नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आज असोज ३१ गते शपथ ग्रहण गरी पदबहाली गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे शपथ ग्रहण समारोह आयोजना हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। समारोहमा पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको छ। कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गरिने पार्टीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


