जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले शनिबार बिहान काठमाडौंको नक्खुस्थित निवासबाट पुनः नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्तले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले श्रेष्ठलाई छलफलका लागि ब्युरो लगेको हो। यसअघि साउन २७ गते पक्राउ परेका श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि भदौ १ गते हिरासतमुक्त भएका थिए। एमाले उपमहासचिव योगेश भट्टराईले उनको तत्काल रिहाइको माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


