नारायणगढ, चितवनको रत्ननगरमा एक दशकदेखि अधुरो रहेको निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्ने तयारी भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अस्पतालको सेवा विस्तारमा उपयोगी हुने भएकाले नगरपालिकासँग समन्वय गरी हस्तान्तरणका लागि पहल गर्ने बताएका छन्।
अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरे पनि पूर्वाधार अभावमा सेवा विस्तार गर्न कठिनाइ छ। सभाहल प्राप्त भए नर्सिङ कलेज सञ्चालन, थप स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्न सहज हुने अस्पतालले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special