दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किनेको भीडभाड बढिसकेको छ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलका अनुसार दसैँमा सार्वजनिक यातायातमार्फत उपत्यका छोड्ने यात्रु न्यूनतम छ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजार हुने प्रक्षेपण छ । यात्रुलाई गाउँघर पुर्याउन न्यूनतम ४३ हजारदेखि ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्ने उनले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


