आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज (मङ्गलवार) घरेलु टोली ओमानसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
लिग तालिकामा ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा उक्लिएको नेपाललाई शीर्ष ६ भित्रै रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोगाउन यो खेल जित्नैपर्ने दबाब छ। यसअघि गत आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले महत्वपूर्ण जित दर्ता गरेको थियो। उक्त खेलमा रोहित पौडेलले १२७ बलमा १०१ रनको सानदार शतकीय इनिङ्स खेल्दै टोलीको जितमा निर्णायक भूमिका निभाएका थिए। नेपालको अबको लक्ष्य शीर्ष ६ मा परेर ओडीआई मान्यता जोगाउने र क्वालिफायर प्लेअफमार्फत विश्वकप छनोटमा स्थान बनाउने रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपोखरा-भरतपुर-लुम्बिनीलाई जोड्ने ‘सिल्भर ट्रयाङ्गल’ योजना


