२०८३ श्रावण १३
मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
सुनसरी घटनाको शान्तिपूर्ण समाधानका लागि प्रमुख राजनीतिक दलहरूले संवाद, संयमता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस गरिएका नाम सर्वसम्मत अनुमोदन गरेको छ।
२०८३ श्रावण १२
भारतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई औपचारिक भ्रमणका लागि निमन्त्रणा दिएको पुष्टि गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
२०८३ श्रावण ११
सुनसरी घटनापछि मानव अधिकार आयोगले निष्पक्ष अनुसन्धान, शान्ति सुरक्षा सुदृढीकरण र सामाजिक सद्भाव कायम गर्न सरकारलाई निर्देशन दिएको छ।
सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय तत्काल रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
२०८३ श्रावण १०
पाँच प्रदेशमा सरकार गठनसम्बन्धी एमाले–नेकपा सहमतिलाई माधव नेपालले सत्ता केन्द्रित भन्दै असन्तुष्टि जनाएका छन्।
२०८३ श्रावण ८
पुष्पकमल दाहालले सामाजिक सञ्जालको प्रभावलाई ‘अफिम’को संज्ञा दिँदै युवालाई त्यसबाट मुक्त गरी राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन आह्वान गरेका छन्।
नयाँ राजदूत नियुक्तिमा ढिलाइ भइरहेका बेला सरकारले ६ राजदूतको कार्यकाल थप्ने निर्णय गरेको छ।