२०८३ जेठ २४
सुधन गुरुङले पुनः गृहमन्त्री बनेमा सुरुका दुई महिना बधाई र तस्बिरका लागि मन्त्रालय नआउन आग्रह गरेका छन्।
संसद् अवरोध हटाउन पाँच दिन बैठक स्थगित गरिए पनि सभामुखबाट औपचारिक पहल नभएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा सीमा विवादलगायत विषय कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने नेपालको अडान पुनः दोहोर्याएका छन्।
२०८३ जेठ २२
भारत भ्रमण सम्पन्न गरी रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएका छन्।
नेपाली कांग्रेसले आन्तरिक विवादबीच वरिष्ठ नेताहरूको क्रियाशील सदस्यता स्वतः अद्यावधिक गर्ने तयारी गरेको छ।
दुर्गा प्रसाईं र धवलशमशेर राणा समूहले एकता गर्दै नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्।
अध्ययन वा असाधारण बिदा सकिएर पनि कार्यस्थलमा नफर्किने कर्मचारीमाथि सरकारले कानुनी कारबाही गर्ने तयारी गरेको छ।
जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको सिफारिसविरुद्ध एमालेले अदालत जाने तयारी गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् ।
पूर्वगृहमन्त्री सुधन गुरुङसम्बन्धी विवादमा छानबिन समितिले ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।