२०८३ जेठ २६
मन्त्रिपरिषद्ले चार जलविद्युत् आयोजनालाई वन प्रयोग अनुमति दिँदै निजामती नियमावली संशोधन र रेडक्रसका लागि तदर्थ समिति गठन गरेको छ।
प्रतिनिधिसभा बैठक स्थगित भएपछि विपक्षी दलहरू आगामी रणनीतिबारे छलफल गर्न कांग्रेसको आह्वानमा बैठकमा बसेका छन्।
विपक्षी अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित हुँदा अध्यक्ष दाहालले राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी विवादका कारण प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ।
२०८३ जेठ २५
प्रधानमन्त्रीको अभिव्यक्ति र बजेटमा कर दर हेरफेरलाई लिएर एमालेले संसदीय छानबिनको माग गरेको छ।
ज्ञानेन्द्र शाहीले कर दर हेरफेरको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जारी अवरोधबीच प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।
२०८३ जेठ २४
कलैया नगर अधिवेशनको विवादलाई लिएर रास्वपाका कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
प्रतिनिधिसभाको कार्यसूची र सदन सञ्चालनबारे छलफल गर्न सभामुख अर्यालले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।