धरानमा तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसारका आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका थिए ।
प्रहरीका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा बेरोजगार र ज्याला मजदुरी गर्ने युवाको संलग्नता बढी देखिएको छ । उमेरका आधारमा १५ देखि ५५ वर्ष समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ ।कारोबारीले सवारीसाधन र शरीरमा लुकाएर लागूऔषध ओसारपसार गर्ने गरेको पाइएको छ ।


