दसैँका बेलामा विभिन्न कारणले गाउँघरमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएकाले मौलिक संस्कृतिको संरक्षणका लागि दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । सो कार्यालयले प्रतिटोल विकास संस्थालाई पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छ ।
वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्न लागिएको बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


