काठमाडौं, धादिङ धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।
आज राति करिब १ः५५ बजे रुबीभ्याली गाउँपालिका-४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको हो ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका-४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेमा सोही ठाउँकी ३५ वर्षीया कान्छी माया तामाङ, नौ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय बिमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन् ।
त्यस्तै, खनियाबास गाउँपालिका-१ का ४० वर्षीय बोलेरो चालक डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका-११. गौशालाका २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई भित्री चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ ।
घाइते सबैलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते
Previous Articleएकै दिन सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घट्यो
Next Article हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ


NPL Special
NPL Special
NPL Special
NPL Special