काठमाडौं, सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन भने दुर्घटनामा संलग्न सवारीसाधन नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
Previous Articleश्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: के पाउँछन् श्रमिकले ?
Next Article केराको थामकाे व्यापार


NPL Special
NPL Special
NPL Special
NPL Special