काठमाडौं, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् ।
शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए ।
नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाउनुभएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त नराखी गठबन्धन निर्माणका लागि वार्ता सुरु गर्न आग्रह गरेका छन् ।
“इजरायलको विनाश चाहने इरानी शासनले पुनः आफ्नो आणविक कार्यक्रम अघि बढाउन काम गरिरहेको छ । यस अस्तित्वगत खतरालाई सदाका लागि अन्त्य गर्नुपर्छ,” उनले सम्बोधनका क्रममा भने ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहाधिवेशनले बिगारेको खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस


NPL Special
NPL Special
NPL Special
NPL Special