काठमाडौं, छठ पर्व आजैदेखि कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोआदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो ।
विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउने गरिँदैआएको छ ।
रानीपोखरीमा भूकम्पपछिको पुनर्निर्माणसँगै छठ मनाउन बन्द भएको छ । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यता


NPL Special
NPL Special
NPL Special
NPL Special