काठमाडौं, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा मतभेद देखिएको छ । एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबीच अन्योल बढेको हो ।
संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने घोषणा गरेको थियो । हालसम्म पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ ।
टर्कीएको अन्ताल्यामा जारी कोप-३१ सम्मेलनमा केही राष्ट्रहरूले भने १.५ डिग्रीको लक्ष्य कायम राख्नुपर्ने अडान लिएका छन् । विशेषगरी जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा रहेका साना टापु राष्ट्रहरूले यसलाई आफ्नो अस्तित्वसँग जोडेर हेरेका छन् ।
तर, केही राष्ट्रहरूले भने उक्त लक्ष्यलाई सम्झौताबाट हटाउने प्रयास गरिरहेको बताइएको छ । यसमा साउदी अरब र भारतलगायतका देश समेटिएका अरब समूह तथा समान विचारधारा भएका विकासशील राष्ट्रहरूको समूह रहेको वार्तासम्बन्धी स्रोतहरूले बताएका छन् ।
ग्रीनपिसका प्रतिनिधि ज्यास्पर इन्भेन्टरका अनुसार केही विकासशील देशहरू आर्थिक सहयोगबिना उत्सर्जन घटाउन थप दबाब पर्ने चिन्तामा छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव एन्टोनियो गुटेरेसले तापक्रम १.५ डिग्रीभन्दा माथि पुगे पनि यस्तो अवस्था सकेसम्म छोटो समयसम्म मात्र रहनुपर्ने बताउनुभएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबीच मतभेद
Previous Articleएपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने
Next Article जिप दुर्घटनामा तीन जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special