काठमाडौं, प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् ।
उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचनाको सहज, समयमै र प्रभावकारी आदानप्रदान गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल


NPL Special
NPL Special
NPL Special
NPL Special