हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर-समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भनेका छन् । उनले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह
Previous Articleसंवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह


NPL Special
NPL Special
NPL Special
NPL Special