काठमाडौं, म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वाधार विकास कार्यालयले तीन करोड ३५ लाख रुपैयाँभन्दा बढी लागतमा सडक सुधारको काम अघि बढाएको हो। योजनाअन्तर्गत एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ। त्यसमध्ये ६१० मिटर ढलान र एक हजार १९० मिटर ग्राभेल गरिने कार्यालयले जनाएको छ। सडक स्तरोन्नतिले रघुगङ्गाका दुई वडालाई कालीगण्डकी करिडोरसँग जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्न र स्थानीय आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special