काठमाडौं, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक, आधारभूत र अनिवार्य सेवाका रुपमा सञ्चालन गर्ने निर्देशन दिएकी छन् ।
कार्यवाहक प्रमुख डङ्गोलले सहरी योजना आयोगले सहरभित्रका सार्वजनिक शौचालयको विद्यमान अवस्था र व्यवस्थित सञ्चालन आवश्यकताका विषयमा गरेको अध्ययन प्रतिवेदनले औँल्याएको अवस्थामा जानकारी लिँदै स्वच्छ, सुरक्षित, व्यवस्थित, समावेशी र सबै नागरिकको पहुँचयोग्य बनाउने कामलाई प्राथमिकता दिन निर्देशन दिएकी हुन् ।
आयोगले हाल १६९ वटा सार्वजनिक शौचालयको अवस्था, सञ्चालन प्रणाली, भौतिक संरचना, सरसफाइ, पानीको उपलब्धता र अपाङ्गता भएका व्यक्तिमैत्री सुविधाको अध्ययन गर्दा शौचालयमा सुधारको आवश्यकता देखाएको छ । अध्ययनले शौचालयको सङ्ख्या बढाउनेभन्दा भएका संरचनालाई नियमित, गुणस्तरीय र प्रयोगकर्तामैत्री बनाउने कामलाई प्राथमिकतामा राख्न सुझाएको छ । शौचालय सञ्चालन भएका विद्यमान संरचनालाई मर्मत, स्तरोन्नति र पुनःनिर्माणबाट शौचालयको सुविधालाई व्यवस्थित गर्न सकिने अध्ययनको निष्कर्ष छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन
Previous Articleनेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउन छलफल


NPL Special
NPL Special
NPL Special
NPL Special