काठमाडौं, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । उनले मङ्गलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।
तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ । विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएकी थिइन् । उनीमाथि प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै उनले स्वदेश फर्किएपछि कानूनी लडाइँ लड्ने बताउँदै आएकी छन् ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उनको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताएका छन् ।
डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु
Next Article आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट


NPL Special
NPL Special
NPL Special
NPL Special