काठमाडौं, स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ ।
सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो ।
आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को होर्मुज मध्यभित्र नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको हो ।”
ती ट्याङ्करहरूले नेभिगेसन र स्थान पहिचान प्रणाली बन्द गर्नेलगायतका नियमसमेत उल्लङ्घन गरेको इरानको दाबी छ । यद्यपि, इरानले ट्याङ्करहरूको नाम र राष्ट्रियता खुलाएको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
Previous Articleपोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
Next Article सुनचाँदीको मूल्य स्थिर


NPL Special
NPL Special
NPL Special
NPL Special