काठमाडौं, अफगानिस्तानमा तालिबानले पुरुष चिकित्सकलाई महिलाको उपचार गर्न रोक लगाएको पाइएको छ। द गार्जियन र जान टाइम्सले महिला तथा चिकित्सकसँग गरेको कुराकानीमा आधारित समाचारअनुसार सार्वजनिक घोषणा नगरी यस्तो प्रतिबन्ध देशभर लागू गरिएको हो।
प्रतिबन्धका कारण पुरुष चिकित्सकले महिलाको सामान्य जाँचदेखि आकस्मिक उपचारसमेत गर्न नपाउने अवस्था छ। उपचारका क्रममा महिला बिरामीसँग पुरुष अभिभावक (मह्रम) उपस्थित हुनुपर्ने र कतिपय अवस्थामा महिला स्वास्थ्यकर्मी पनि सँगै हुनुपर्ने सर्त राखिएको छ।
यसले विशेषगरी महिला चिकित्सकको अभाव भएका क्षेत्रमा महिलालाई उपचार पाउन कठिन बनाएको छ। कतिपय महिला उपचारका लागि लामो दूरी यात्रा गर्न बाध्य भएका छन्। सन् २०२४ देखि महिलालाई चिकित्सा शिक्षासमेत लिन रोक लगाइएकाले स्वास्थ्य क्षेत्रमा उनीहरूको पहुँच थप प्रभावित भएको समाचारमा उल्लेख छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अफगानिस्तानमा पुरुष चिकित्सकलाई महिलाको उपचार गर्न तालिबानको रोक
Previous Articleभीमफेदी दुर्घटना : घाइतेको उपचार र पीडितलाई क्षतिपूर्ति दिलाउन प्रधानमन्त्री कार्यालयको पहल
Next Article चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special