कर्णाली, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक-एक गोलको बराबरी खेलेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली सेनाको राजदल गणको खेलमैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक-एक गोल गरेका हुन् ।
खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफ र कोशी प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलसहित फाइनल खेल जुम्लामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहिमाली जिल्लामा मंसिर २४ र २५ मा कांग्रेस अधिवेशन
Next Article अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी


NPL Special
NPL Special
NPL Special
NPL Special