काठमाडौं, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन् । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उनले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् । आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
Previous Articleजुवाको खालबाट २५ जना पक्राउ
Next Article प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत


NPL Special
NPL Special
NPL Special
NPL Special