काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल दिउँसो ५:०० बजे सुरु हुनेछ।
लिग चरणका सात खेलमा चार जित र तीन हारसहित आठ अङ्क जोडेको काठमाडौँ तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको हो। यता, तीन जित र एक खेल वर्षाले रद्द भएपछि सात अङ्क बटुलेको चितवन चौथो स्थानमा रहेर प्लेअफमा छनोट भएको थियो।
आजको विजेता टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहुलाकी सडकले सहज बनायो बाँकेका दुर्गम गाउँको आवागमन
Next Article जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार


NPL Special
NPL Special
NPL Special
NPL Special