मकवानपुर, मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा भएको ईभी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ। समितिले सवारीको क्षमता, रुट इजाजत, चालकको अवस्था र सडकको भौतिक अवस्थाबारे अनुसन्धान गर्नेछ। दुर्घटनामा १४ जनाको मृत्यु र छ जना घाइते भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चिसापानीगढी ईभी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
दुर्घटना छानबिन समिति गठनबारे जानकारी दिँदै प्रजिअ अधिकारी
हेटौँडा, २६ कात्तिक : मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको विषयमा हेटौँडा अस्पताल परिसरमा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले एक साताभित्र दुर्घटनाको कारण र न्यूनीकरणका उपायसहित प्रतिवेदन पेस गर्नेछ।
तस्बिर : बसन्त भण्डारी/रासस

NPL Special
NPL Special
NPL Special
NPL Special