ललितपुर, रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ ।
तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकको उपस्थिति थियो ।
डा ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखेको उक्त पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञले सहकार्य गरेका छन् । पुस्तकमा बाढीको उत्पत्ति र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपाय समेटिएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
द सनसाइन फ्लड: भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा
Previous Articleसुनचाँदीको मूल्य स्थिर
Next Article सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special