काठमाडौं, भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले प्रमाणपत्र बुझाएका हुन्। दिल्ली पुगेको दुई दिनमै ओहोदाको प्रमाणपत्र बुझाउने उनी पहिलो नेपाली राजदूत बनेका छन्।
यसअघि नेपाली राजदूतहरूले प्रमाणपत्र बुझाउन डेढ महिनादेखि तीन महिनासम्म कुर्नुपर्ने अवस्था थियो। पूर्वराजदूत दीपकुमार उपाध्यायले यसलाई ऐतिहासिक उपलब्धि भन्दै नेपालसँग सम्बन्ध सुधार गर्न भारत इच्छुक रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक ३० गते पाण्डेलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special