भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुङ्गे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सातवटा पुलमा सामान्य क्षति पुगेको थियो । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रूपैयाँ खर्च भएको उनको भनाइ छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भोटेकोशी-त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
Previous Articleचाडपर्वमा बासी र अस्वच्छ खाना बेचे कारबाही हुने


