वालिङ, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । झण्डै दुई तिहाइको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले सरकारले नागरिकका पक्षमा काम गर्नुपर्ने भन्दै कांग्रेसले बाहिर बसेर सकारात्मक सहयोग गर्ने उल्लेख गरे ।
“नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ”, महामन्त्री पौडेलले भने, “शासन विधिको हुनुपर्छ, संविधानभन्दा माथि हामी कोही छैनौँ, त्यसको कार्यान्वयनमा जोड दिऔँ, कांग्रेस पनि यही चाहन्छ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपोखराले काठमाडौँलाई दियो एनपीएल इतिहासकै ठूलो लक्ष्य


NPL Special
NPL Special
NPL Special
NPL Special