पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्लेको भिरबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा चार जना विद्यार्थी र लिफ्ट लिएर चढेका एक स्थानीय, ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको छ। मृत विद्यार्थीहरूमा ममता तिवारी र अशिम कंडेलसहित अन्य दुई बालिका रहेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालकसहित २२ जना सवार थिए। दुर्घटना लगतै स्थानीय र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleक्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार
Next Article ७० प्रतिशत नेपालीलाई आवास खर्च धान्न सास्ती


