राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ जना नेताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरीलगायत नेताले पनि राजीनामा दिएका छन्। उनीहरू राणाको नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारीमा छन्। आगामी चरणमा थप नेताले पनि राप्रपा छोड्ने जनाइएको छ। यो घटनाले पार्टीभित्र ठूलो राजनीतिक भूकम्प सिर्जना गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


