राहदानी छपाइ ठेक्का प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा प्रतिवादी सूचीमा परेकी छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा १८ जनाविरुद्ध मुद्दा दायर गरे पनि राणाको नाम आरोपपत्रमा समावेश नभएको स्रोतले जनाएको छ। करिब १० अर्ब रुपैयाँ बराबरको हानी भएको दाबी गरिएको यस प्रकरणमा ठेक्का प्रक्रियामाथि अनुसन्धान भने जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


