मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार पानीको गुणस्तर सुधार भएपछि सुन्दरीजल प्रशोधन केन्द्रमार्फत पुनः प्रशोधन गरी पूर्वनिर्धारित तालिकाअनुसार वितरण सुरु गरिनेछ। निरन्तर वर्षा जारी रहे आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


