दैलेख, दैलेखको ठाटीकाँध गाउँपालिका-४ धनकोटमा ३७ वर्षीय बमबहादुर रावतले हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार रावतले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पसी धारिलो हतियार प्रहार गरेका हुन्। आक्रमणबाट चन्द्रबहादुरकी श्रीमती बिमा मगर, भाइबुहारी महेसरा पुन, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका छन्। टाउकोमा चोट लागेकी बिमाको अवस्था गम्भीर छ भने महेसराका दुवै हत्केला छिनिएका छन्। आरोपी रावतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special