काठमाडौं, यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को उच्चतम माग १,८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६:१५ बजे प्रणालीको उच्चतम माग रेकर्ड गरिएको हो।
उक्त समयमा देशको कुल विद्युत् उत्पादन २,४००.३० मेगावाट रहेको थियो। आन्तरिक खपत धानेर बढी भएको ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ। यस वर्ष प्रणालीमा कुनै अवरोध नआएको र भारतबाट बिजुली आयात गर्नु नपरेको अधिकारीहरूले बताएका छन्।
काठमाडौं उपत्यकामा मात्र विद्युत् माग बढेर ४८९.५० मेगावाट पुगेको छ। विगत तीन वर्षको तथ्यांक हेर्दा लक्ष्मीपूजाका दिन नेपालको राष्ट्रिय विद्युत् माग र उपत्यकाको खपत निरन्तर रूपमा वृद्धि भइरहेको देखिन्छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लक्ष्मीपूजामा विद्युत्को उच्च माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात
Previous Articleतिहारको चौथो दिन गाईपूजा गरिँदै


NPL Special
NPL Special
NPL Special
NPL Special