काठमाडौं, पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ ।
अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदाता युएनो बैंक नियन्त्रणमा लिएका थिए । उक्त बैंकमा देशका करिब ६५ लाख जनसङ्ख्यामध्ये झन्डै आधाको खाता रहेको थियो भने सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा थियो । बैंकको पतनपछि देशभर विरोध प्रदर्शन भएको थियो ।
सन् २०२३ मा राष्ट्रपति बनेका पेनाले गत वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राखेका थिए । उनीमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शङ्कास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबसको ठक्करबाट अहिरको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special