हेटौँडा, मकवानपुरको हेटौँडा–१८ स्थित मकवानपुर बाल विद्या सदनले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप सिकाउन ‘एक कक्षा, एक सीप’ अवधारणामा आधारित स्किल क्याम्प सञ्चालन गरेको छ। तीन वर्षदेखि निरन्तर हुँदै आएको कार्यक्रममा विद्यार्थीले पुराना कागज पुनःप्रशोधन, गुन्द्री बुनाइ, रोबोटिक्स, मैनबत्ती उत्पादन तथा बजारीकरणलगायतका सीप सिकेका छन्। कक्षा १० उत्तीर्ण हुँदासम्म कम्तीमा १० वटा सीप सिकाउने विद्यालयको लक्ष्य छ। विद्यार्थीले आफूले सिकेका सीप घरमा समेत अभ्यास गराउन थालेका छन्। कक्षा ४ की अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाएकी छन्। त्यस्तै, कक्षा ९ का विद्यार्थीले मैनबत्ती उत्पादन गरी लागत, मूल्य निर्धारण र बिक्रीको अभ्यास गरेका छन्। विद्यालयले परम्परागत ज्ञान, आधुनिक प्रविधि र उद्यमशीलतालाई शिक्षासँग जोड्दै विद्यार्थीमा सिर्जनशीलता, आत्मनिर्भरता र व्यावहारिक ज्ञान विकास गर्ने लक्ष्य राखेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special