काठमाडौं, असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र सन् २०२७ ले तापक्रमको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ ।
युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन संस्था कोपर्निकसका अनुसार एल निनोले मानव गतिविधिका कारण भइरहेको तापक्रम वृद्धिलाई थप तीव्र बनाएको छ । अक्टोबरमा विश्वको औसत तापक्रम र समुद्री सतहको तापक्रम उच्च विन्दुमा पुगेको संस्थाले जनाएको छ ।
एल निनोका कारण पेरुमा बाढीको जोखिम बढेपछि सरकारले देशका विभिन्न भागमा आपत्कालीन अवस्था घोषणा गरेको छ । त्यहाँ ९० लाखभन्दा बढी मानिस अर्थात् कुल जनसङ्ख्याको करिब एक तिहाइ बाढी र पहिरोको जोखिममा छन् । बोलिभियाले पनि यसअघि राष्ट्रिय आपत्काल घोषणा गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने


NPL Special
NPL Special
NPL Special
NPL Special